थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २३ हजार ९४८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २३ हजार ९४८ पुग्यो

coronavirus test

उपत्यकामा मात्रै १ सय ३४ जना संक्रमित

काठमाडौं, २७ साउन । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा १ सय १० जना, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

आज १ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा १ हजार ४४, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ८५, बागमती प्रदेशमा ६ सय १८ र गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४१ जना संक्रमित गरी आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज भए घर फर्किएका छन् ।

प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ४७, बागमती प्रदेशमा १ हजार ३ सय ५२ र गण्डकी प्रदेशमा २ सय २४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९६ गरी देशभरी ७ हजार २ सय १ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ सय २४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै आइसियुमा ८५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् । देशभरी आइसियु बेड क्षमता ११ सय ३४ रहेको छ, भने भेन्टिलेटर सहितका बेड ५ सय ७६ वटा रहेका छन् ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय १४, प्रदेश नम्बर २ मा १ हजार ५ सयि ८०, बागमती प्रदेशमा १ हजार १९ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टीनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार ८ सय १२, कर्णाली प्रदेशमा ६ सय ८९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ गरी देशभरी ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);