२४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ भदौ । नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जनामा संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

मंगलबार २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा २ हजार ८ सय १६, प्रदेश नम्बर २ मा ९ हजार ५ सय २३, बागमती प्रदेशमा ५ हजार ४ , र गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ५ हजार ७ सय ५१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी आजसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् ।

मंगलबार संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ६ सय ६४, प्रदेश नम्बर २ मा ३ सय ५३, बागमती प्रदेशमा ४ हजार ३ सय ५३ र गण्डकी प्रदेशमा ७ सय ५७ जना रहेका छन । यस्तै प्रदेश नम्ब्र ५ मा ८ सय ९०, कर्णाली प्रदेशमा ३ सय ६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३० जना गरी देशभरी ८ हजार ५३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ४०, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय २९ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ८४, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १ सय २२ जना गरी देशभरी ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ४४ जना आइसियु र २३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);