नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, २ भदौ । नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार १ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भएका १३ हजार ७ सय ६१ परीक्षणमा १ हजार १६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

मंगलबार ८५ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय १३, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ४२, बागमती प्रदेशमा ७ सय १८ र गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ११ गरी आजसम्म १७ हजार ५ सय ८० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मंगलबार देशभरी आइसोलेसनमा १० हजार ५ सय ६३ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा १ सय ९७, प्रदेश नम्बर २ मा २ हजार ३ सय ४९, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ७०, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २५ गरी २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै देशभरीका क्वारेन्टीनमा १३ हजार ९ सय २६ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार १ सय १५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८३, बागमती प्रदेशमा ८ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ९ सय ७३ जना क्वारेन्टीनमा रहेका छन् । यस्त प्रदेश नम्बर ५ मा २ हजार ९०, कर्णाली प्रदेशमा ६ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९६ जना क्वारेन्टीनमा छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);