कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि विश्व तयार रहनुुपर्ने डब्लूएचओको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि विश्व तयार रहनुुपर्ने डब्लूएचओको भनाई

एजेन्सी, २३ भदौ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि विश्व तयार रहनुुपर्ने बताउनु भएको छ ।

डब्लूएचओको मुख्यालय जेनेभामा भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले उक्तकुरा बताउनु भएको हो । उहाँले कोरोनाबाट पाठ सिकेर अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य भनेको विलासिताको बस्तु नभइ आधारभुत आवश्यकता र मानव अधिकार भएको भन्दै ट्रडोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताउनु भयो ।

कोरोना नै अन्तिम महामारी नभएको भन्दै उहाँले भविष्यका लागि विश्व तयार रहनुपर्नेमा जोड दिनुभयो । विश्वका केही देशले चिकित्साको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेपनि आधारभूत जनस्वास्थ्यका क्षेत्रमा हेलचेक्य्राइँ गरेको डाक्टर ट्रेडसको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);