विक्रम चौधरीको मृत्युबारे ३ सदस्य छानबीन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विक्रम चौधरीको मृत्युबारे ३ सदस्य छानबीन समिति गठन

hospital-Narayani

बारा, २३ भदौ । बारा कोल्हबीका २२ वर्षिय बिक्रम चौधरीको मृत्युबारे नारायणी अस्पतालले ३ सदस्य छानबीन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले छानबीन अघि बढाउन मन्त्रालयमा सिफारिस गरेको छ ।

विक्रम चौधरीको नारायणी अस्पतालमा उपचारको क्रममा भदौ २२ गते भएको थियो । मृत्यु पछि आएको पिसीआर रिपोर्ट नेगेटिभ थियो ।

मृतक चौधरीका दाईले बिरामीलाई कुनै पनि सामान्य उपचार नगरेको, डाक्टर र नर्सले कुनै सरसल्लाह नगरेको कारण अकालमा मृत्यु भएको बताउदै निवेदन दिएका थिए । उनले सम्बन्धित डाक्टर तथा स्वस्थ्यकर्मीको लापरवाहीले आफ्नो भाईले अकालमा ज्यान गुमाउनुपरेको कारण छानबिन र कारवाहीको माग गरेका छन् ।

अस्पतालले निवेदन अनुसार छानबिन प्रतिवेदन अनुसार दोषी पाईए कारबाही तथा क्षतिपूर्तिको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);