मृत्युको कारण पत्ता लगाउन छानबीन समिति गठन गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मृत्युको कारण पत्ता लगाउन छानबीन समिति गठन गर्ने सहमति

झापा, २३ फागुन । झापाको दमक स्थित दमक अस्पतालको लापर्बाहीका कारण दिलुमाया विश्वकर्माको मृत्यु भएको भनि उनका श्रीमान ईश्वर ओली लगायत मृतकका आफन्त तथा छरछिमेकीले विरोध जनाएपछि छानबिन समिति बनाउने सहमति भएको छ । शनिबार दिउँसो साढे तीन बजेतिर दमक १ स्थित दमक अस्पतालमा उपचारका लागि ल्याएको विश्वकर्माको करीब साँढे सात बजेतिर मृत्यु भएको थियो ।

राम्रैसँग बोल्ने तथा हिड्ने विरामी अस्पतालले करिब ४ घण्टा राखेर अन्तिम अबस्थामा रिफर गरेको कारण मृत्यु भएको उनका श्रीमान ईश्वर ओली तथा अन्य आफन्तको भनाइ छ । मृतक मधुमेहको विरामी भएको र वान्ता हुन थालेका कारण अस्पताल ल्याइएको थियो। अस्पतालमा सहजै ल्याएको र चार घण्टा सम्म राख्दा कुनै पनि डाक्टरले नहेरेको र रिपोर्ट आएको पनि झण्डै डेढ घण्टापछि डाक्टर आएर सिधै रिफर गरेको पीडितको आरोप छ।

पहिलेनै रिफर गरेको भए वा डाक्टर बोलाएर विरामीलाई हेरेको भए मृत्यु हुने थिएन भन्दै ओलीले भाबुक हुदै अस्पतालको लापर्बाहीका कारण आफ्नी श्रीमतीको मृत्यु भएको गुनासो गरे । अस्पतालले सवाँ सात बजे रिफर दिएको थियो । छलफलमा ओलीले भने “मेरो श्रीमती अस्पतालबाट निकालेर एड्भान्स अस्पताल लादै गर्दा बाटौमै मृत्यु भएको हो” अस्पतालमा राखुन्जेल कुनै डाक्टरले हेर्नु भएन्।

मृत्यको सम्बन्धमा अध्ययनका लागि अस्पताल व्यवस्थापन समितिले पिडीत पक्षका तीन जनासहित छानविन समिति बनाउने बताएपछि सव दाहसस्कारका लागि लाने सहमति भएको छ । छलफलमा नगर प्रमुख रोम नाथ ओली, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बु, वडा नम्बर १ का वडा अध्यक्ष ताराप्रसाद अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष नविन बराल लगायतको उपस्थिति रहेको थियो । छानबिन समिति आईतबार नै बनाउने उप–प्रमुख अधिकारीले बताए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);