झापामा सर्पदंशबाट ५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापामा सर्पदंशबाट ५ को मृत्यु

snake bite

सुरेन्द्र भण्डारी
झापा, १० साउन
। झापामा सर्पदंशका विरामीको संख्या बढेको छ । वर्षायाम सुरु भएसँगै सर्पको डसाइबाट झापामा ५ जनाको मृत्यु भएको छ । अन्य ४ सय १४ जनाको उपचार गरिएको छ ।

वर्षायाम सुरुभएसँगै झपामा सर्पको बिगबिगि बढेको हो । वर्षा सुरु भएसँगै ५ जनाको मृत्यु भएको छ भने अन्य ४ सय १४ जनाको उपचार गरिएको छ । सर्पदंशका विरामी बढेपछि उपचार केन्द्र चारआलीले कुर्सी र भुइमै राखेर उपचार गरिरहेको छ । दिनहु १८ देखि २० जना विरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

भेन्टिलेटरको अभावमा अहिले सर्पदंश उपचार केन्द्र चारआलीले गम्भीर प्रकृतिका विरामी आए अन्य अस्पतालमा पठाउने गरेको छ । विरामीको संख्या बढेसँगै अस्पतालले नयाँ भवन निर्माण थालेको छ ।

सर्पले डसे चारआली, दमक र सुरुङ्गामा रहेका सर्पदंश उपचार केन्द्रबाट उपचार गरिदै आएको छ । नेपाल रेडक्रस सोसाइटी दमकले संचालन गरेको उपचार केन्द्रले पनि तीन सय विरामीको उपचार गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);