दाङको गढवामा सर्पदंश उपचार केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङको गढवामा सर्पदंश उपचार केन्द्र स्थापना

sarpadansh

विकास डाँगी
दाङमा सर्पदंशका कारण कयौंको ज्यान जाने गरेको छ । सर्पदंशको उपचार गर्ने ठाउँ नहुदाँ जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो । तर, दाङको गढवा गाँउपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गर्ने भएपछि यो बाध्यता हट्ने भएको छ ।

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल २ वटा ठूला सरकारी अस्पताल छन् । तर, त्यहाँ सर्पदंशको उपचार हुँदैन् । सबै भन्दा बढि सर्पदंशका घटनाहरु हुने दाङको देउखुरी क्षेत्र भएकाले गढवा गाँउपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ ।

यसअघि सर्पदंशका बिरामीहरुलाई झारफुका वैद्यसँग उपचार गराउने गर्दथे । उपचारका लागि अस्पातल जानुपरेमा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । जिल्लामा आर्थिक वर्ष २०७६(७७ मा १५ जनाको सर्पदंशबाट मृत्यु भएको छ । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो । ती सबैलाई गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत कपिलवस्तुको गोरुसिंगे उपचारको लागि पठाईएको थियो ।

सर्पदंशको त्रास बढदै जादाँ गत वर्ष गढवा गाउँपालिकाले तीजको अवसरमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न अभियान ने चलाएका थिए । तीज कार्यक्रममार्फत महिलाहरुले गीतबाटै सर्पदंश उपचार केन्द्र बनाउन स्थानीय सरकारसँग माग गरेका थिए । तर, माहिलाहरुको अभियानले सार्थकता पाएपछि गढवामा सर्पदंश केन्द्र स्थापना गरिएको हो । जिल्लामै सर्पदंश केन्द्र स्थापना भए उपचारका लागि बाहिर जान नपर्ने भएको छ ।

महिलाहरुले तीज गीत मार्फत दबाब सिर्जना भएपछि स्थानीय सरकार केन्द्र स्थापना गर्न बाध्य भएको हो । महिलाहरुको अभियानले सर्पदंश अस्पताल खोल्न सघाएको स्थानीय अगुवा बताउँछन् ।

२०७६ मंसिरमा जिल्ला विपद् व्यवस्थापन समितिले पनि गढवामा सर्पदंश उपचार केन्द्र निर्माणको एजेण्डा पारित गरेको थियो । त्यही आधारमा गाउँपालिकाको हिउँदे अधिवेशनबाट सर्पदंश केन्द्र स्थापनार्थ १ करोड रकम विनियोजन गरेरेको हो ।

वर्षेनी गर्मी बढेसंगै दाङमा सर्पदंश घटना हुँदै आएका छन् । जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यता मात्रै होइन, समयमै उपचार नपाउदा मृत्यु समेत हुने गरेको थियो अब यो समस्या हल गर्नका लागि सर्पदंश उपचार केन्द्र संञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

तर केन्द्रको प्रभावकारी सेवा र आधुनिक प्रविधिका बारेमा भने नागरिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । केन्द्र स्थापना गरिएको भएपनि यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि दीर्घकालीन योजना बनाउनु पर्ने जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);