कपिलवस्तुमा चालु आवमा मात्रै सर्पदंशबाट झण्डै एक दर्जनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुमा चालु आवमा मात्रै सर्पदंशबाट झण्डै एक दर्जनको मृत्यु

sarpa

शम्भु माली
कपिलवस्तु, ६ भदौ । बुद्धभुमि नगरपालिकामा प्रदेश कै नमुना सर्पदंश केन्द्र सञ्चालन भईरहेको छ । तर उपचार केन्द्र हुँदा पनि स्थानीयहरु उपचार केन्द्र जानु अगाडि झारफुकमा समय लगाइ राख्ने भएकाले सर्पदशंबाटै ज्यान गुमाईरहेका छन् । चालु आर्थिक बर्षको शुरुवातदेखि समयमै बिरामी उपचार केन्द्रमा नपुगेकै कारण हालसम्म झण्डै एक दर्जनले ज्यान गुमाई सकेका छन् ।

वर्षा र गर्मीले सर्पहरु आफ्नो दुलो छोडेर बाहिर आउने गर्दछ । जसले गर्दा सर्पदंशका घटनाहरु धेरै हुने गर्दछ । सर्पदंश पश्चात समयमा उपचार गराउन सकिए निको हुन सक्दछ । तर समयमा उपचार गराउनुको साटो झारफुकमा समय खर्चिनाले विरामीको मृत्यू हुने गर्दछ ।

चालु आर्थिक बर्षमा मात्र सर्पदंशबाट मृत्यू हुनेको संख्या झण्डै एक दर्जन पुगेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ को गोरुसिंगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रले प्रदेशमै नमुना उपचार सेवा प्रदान गर्दै आए पनि समयमै बिरामी केन्द्रमा नपुग्दा समस्या आउने गरेको छ ।

उपचार केन्द्रमा समयमै आउनु भन्दा पनि झारफुकमा समय खेर फाल्दा पछिल्लो समय सर्पदंशका बिरामीको मृत्यु हुने क्रममा बृद्धि भएको विरामी र विरामीका आफन्त बताउँछन् ।

sarpa dansh

चालु आर्थिक बर्षमा अहिलेसम्ममा कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा झण्डै १ सय ५० जनाले उपचार लिएका छन् । तर समयमै उपचार केन्द्रमा नपुगेकै कारण करिव एक दर्जनको मृत्यु भईसकेको छ । मुत्यु हुनेमा कपिलवस्तु तथा दाङ्ग जिल्लाका छन् । गत आर्थिक बर्षमा यस केन्द्रबाट ७ सय ४५ जना सर्पदंशका बिरामीको उपचार गर्दा ढिलो आएका चार जनाको मृत्यु भएको थियो ।

अहिले उपचार केन्द्रमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, दाङ्ग र रोल्पा जिल्लाका सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् । बुद्धभुमि नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाका स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा १५ बर्ष देखि निरन्तर सेवा दिँदै आएको उपचार केन्द्रले १० शैया क्षमताको आफ्नै भवन समेत निर्माण गरेको छ ।

हाल सम्म यस केन्द्रबाट ९ हजार बढी सर्पदंशका विरामीले उपचार सेवा लिएका छन् । समयमै उपचारका लागि नआउँदा नमुना सेवा दिए पनि कतिपयलाई बचाउन नसक्नु मुख्य चुनौती रहेको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);