सर्पदंश उपचार केन्द्रको माग राख्दै विद्यार्थीकाे र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सर्पदंश उपचार केन्द्रको माग राख्दै विद्यार्थीकाे र्‍याली

झापा, १९ भदौ । झापाको कचनकवल गाउँपालिकाका विद्यार्थीहरुले सर्पदंश उपचार केन्द्रको माग राख्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

उपचार केन्द्रको अभावमा दुई महिना यता मात्र तीन जनाको मृत्यु भएको भन्दै विद्यार्थीले कचनकवल गाउँपालिका प्रमुखलाई ज्ञापनप्रत्र बुझाएका हुन् । उनीहरुले सर्पले टोकेर पथरिया माविमा अध्ययनरत–१४ बर्षीया छात्रा पुजा भट्टराईले समेत अकालमा ज्यान गुमाउनु परेको भन्दै मंगलवार बनियानी बजारमा -याली समेत निकालेका छन् ।

र्‍यालीमा कचनकवल गाउँ–पालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, शिक्षकहरुको उपस्थिती रहेको थियो । उनीहरुले सर्पदंश उपचार केन्द्र नुहँदा ३० किलोमिटर दुरीमा रहेको मेचीनगरस्थित सर्पदंश उपचार केन्द्र चाराआलीमा जानुपर्ने अवस्था रहेको भन्दै संघीय सरकारको समेत ध्यानआकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);