सात वर्षमा पनि बनेन धनुषा र सिरहा जोड्ने कमला पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सात वर्षमा पनि बनेन धनुषा र सिरहा जोड्ने कमला पुल

kamala pul

सुरेन्द्र कुमार कामती
सिराहा, १९ भदौ
। ७ वर्ष अघि सिराहा र धनुषा जिल्लाको सिमाना नदीमा पुल बन्ने सम्झौता भएपछि त्यस भेगका स्थानियहरु निकै हर्षित भएका थिए । तर, यो पुल आजसम्म पनि बन्ने कुनै छाँटकाँट नदेखिएपछि अहिले स्थानियहरु आक्रोसित हुन थालेका छन् ।

४ सय ५० मिटर लम्बाई र ८ दशमलव ७ मिटर चौडाईको यो पुल निमार्णको लागि २०६८ साल जेठमा सम्झौता भएको थियो । २४ करोड ९० लाख ९७ हजार २ सय रुपैयामा पप्पु–लम्बिनी जे।भीले साढे ३ वर्ष भित्र निमार्ण गरिसक्ने गरी सम्झौता गरेका थियो । तर, यो सम्झौता गरेको ७ वर्ष भैंसक्दा पनि पुल बन्न सकेको छैन । अहिले पुलको लागि २ सय मिटरमा सुपर स्ट्रक्चर मात्रै बन्न सकेको छ । पुल निर्माण हुन नसक्दा कमला वारी र पारीका स्थानीयलाई निकै सास्ती भैंरहेको छ ।

वर्षायाम बाहेक अन्य महिना डुगांमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बताउँछन दुवैतर्फका स्थानीयहरु । निर्माण कम्पनीका इन्जिनियर जामुन यादवले सरकारले समयमा रकम निकासा नगर्दा पुल बनाउन समस्या परेको बताउँछन् । निर्माण कम्पनी पप्पु–लम्बिनी जेभीले काम सक्न बजेटको लागि पहल गर्दा निकासा नभएर काम गर्न नसकेको इन्जिनियर यादवको भनाई छ । मधेस आन्दोलन, भुँइचालो लगायतले पनि काम गर्न अप्ठ्यारो भएको उनले बताए ।

पुल नबन्दा जहिले पनि जोखिमपूर्ण यात्रा गर्दै आएका सिरहा र धनुषा जिल्लाका स्थानीयलाई निराशा बनाएको छ । सहज आगमनको ब्यग्र प्रतिक्षामा रहेका उनीहरु राज्यले पुल निर्माण सक्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने देखिन्छ । पुल शिलन्यास गर्नको लागि २०६८ सालमा तात्कालिन भौतिक योजना मन्त्री हृदेश त्रिपाठी लगायतका ठूला नेताहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);