समयमै पुल बन्न नसक्दा स्थानियलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

समयमै पुल बन्न नसक्दा स्थानियलाई सास्ती

pul

उदयपुर, ८ असोज । दुईवर्ष भित्र बनिसक्नुपर्ने उदयरपुरको त्रियुगा नदीको पुल ६ वर्ष वितिसक्दा पनि बनेको छैन । २०६३ सालमा सक्नुपर्ने सिबाई–वेल्टार जोड्ने विचको पुल अहिलेसम्म बन्ने कुनै छाँटकाट नदेखिएको हो ।

यो उदरपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित सिबाई–बेल्टार जोड्ने त्रियुगा नदीको पुल हो । २०६३ सालमा सम्पन्न गर्नूपर्ने यो पुल ६ बर्ष बितिसक्दा समेत बनेको छैन । काठमाडांैको लोकप्रिय महालक्ष्मी कन्ट्रक्सनले ८ करोड ६६ लाख रुपैयाँमा यो पुलको ठेक्का पाएको थियो । तर, ठेकेदारको लापरवाहीका कारण स्थानियहरु जोखिम मोलेर डुगाबाट नदी वारपार गर्न वाध्य छन् ।

३ सय ७ मिटर लम्बाई तथा ९ मिटर चौडाई भएको डब्बल लेन्थको यो पुल निर्माण कार्यमा ठेकेदार कम्पनीले चरम लापरबाही गर्दा पनि सरोकारवाला निकायले चासो देखाएको छैन । नदी तर्दा वर्षेनी हुने क्षतिबाट दुखित स्थानीयले २ वर्षमा बन्नुपर्ने पुल ६ बर्ष बितिसक्दा पनि नबनेपछि झनै आक्रोसित हुन थालेका छन् ।

कामको जिम्मा लिने बेलामा कडा प्रतिस्पर्धा गर्ने र जिम्मा पाइसकेपछि चरम हेलचेक्¥याई गर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने स्थानीयले माग समेत गरेका छन् । सरकारले पर्याप्त वजेट उपलब्ध गराउँदा गराउँदै पनि काममा ढिलाई गने लोकप्रिय महालक्ष्मी कन्ट्रक्सन र त्ससका मतिहारहरुलाई अर्काे ठेक्का नदिन समेत स्थानीयले सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);