दाङमा समय अगावै पुल निर्माण सम्पन्न, स्थानीय खुशी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

दाङमा समय अगावै पुल निर्माण सम्पन्न, स्थानीय खुशी

rapti nadi pul dang

दाङ, २९ कात्तिक । विकास निर्माणमा सबैभन्दा ढिलासुस्ती हुने र भ्रष्टाचार हुने भनेको सडक तथा पुल निर्माणमा हो । ठेक्का भएको वर्षाैसम्म पनि पुल निर्माण भएन, पुल अलपत्र पर्यो भन्ने समाचार धेरै सुन्न पाइन्छ । समयमै पुल निर्माण भएको समाचार सुन्न नपाएको वर्षाैवर्ष भयो । तर, अहिले दाङको राप्ती नदीमा भने समयभन्दा अघिनै पुल निर्माण भएको सुखद समाचार आएको छ ।

दाङमा विभिन्न नदी तथा खोलाहरु मा पुल निर्माण कार्य जारी छन् । कतिपय बर्षौँदेखि बन्न सकेका छैनन् भने कति बन्ने क्रममा छ । दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको निर्माण कार्य समयभन्दा ८ महिना अघि नै सम्पन्न भएको छ । पुल निर्माण कार्य सम्पन्न भएपछि बर्षाको समयमा ज्यान जोखिममा राखेर र राप्ती नदी पारी पुग्न लामो बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटेकोमा स्थानीयहरु खुशी भएका छन् ।

बर्दियाको कोठियाघाटको पुलपछि राप्ती नदीमा बनेको यो दोश्रो लामो पुल हो । कोठियाघाटको पुल १ हजार १५ मिटर रहेको छ । यो पुल ८ सय ६० मिटर लामो र साढे १० मिटर चौडाई छ । आर्थिक बर्ष २०७२/०७३ मा अनक निर्माण सेवालाई निर्माण गर्नको लागि टेन्डर परेको थियो । आव ०७६/७७ भित्र पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । २०७३ चैत्र महिना बाट पुल निर्माणको काम थालनी गरीएको थियो । २०७७ असार मसान्त भित्र काम सक्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरीएको भएपनि समय भन्दा ८ महिना अघि नै काम सकिएको पुलका इन्जिनियर सुदिप बस्यालले बताउनुभयो ।

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भईरहेको छ । उक्त पुलको आउदो माघ महिनासम्म उद्घाटन गर्ने तयारी गरिएको छ । यो पुल करिब एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । निर्माण कम्पनीले गरेको ढिला सस्तीका कारण धेरै विकास निर्माण कार्यहरु अपुरै रहेको बेला समय अगावै निर्माण कार्य सम्पन्न भएको यस्ता तथ्य उदाहरण बन्न सक्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);