सामाजिक सुरक्षा योजनामा सहभागी हुनमा ढिलाई नगर्न श्रममन्त्री विष्टको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सुरक्षा योजनामा सहभागी हुनमा ढिलाई नगर्न श्रममन्त्री विष्टको आग्रह

shram mantri gokarn bist

काठमाडौं, २९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तर्गत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको बताउनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाले अप्ठ्यारो परेका बेला साथ दिने उल्लेख गर्दै उक्त योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गर्नु भयो । उहाँले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामा सबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);