म्याद गुज्रियो बनेन पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्याद गुज्रियो बनेन पुल

जाजरकोट । जाजरकोट –डोल्पा सडक खण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा सर्वसाधारणले दैनिक सास्ती भोग्नु परेको छ । दुई वर्षअघि एक वर्षभित्रमा निर्माण सम्पन्न हुने भनिएका पुलहरु अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् । डोल्पाको खदाङ ,करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा तोकिएको समयमा बेलिव्रिज पुल निर्माण नभएका हुन् । पुलहरुको जगमा सामान्य पिल्लर मात्र उठाएको छ , जब कि अहिलेसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।

जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भएपनि डोल्पामा पुल निर्माण कार्य ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आह्वान गरिएको छ । यो लगाएत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी करिडोर अन्तरर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारणहरु हवाइ माध्यमबाट यात्रा गर्न वाध्य छन् ।  

असारसम्ममा सबै पुल निर्माण भइसक्ने

भेरी करिडोरमा निर्माण हुन बाँकी रहेका चार पुलहरु असार सम्ममा निर्माण कार्य सम्पन्न हुने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए ।  

अहिले सुर्खेत लगाएतका ठाउँमा पुलका सामग्रीहरु ढुवानी कार्य सुरु भइरहेकोले अबको तीन महिना भित्र जडान कार्यसमेत सकिने प्रमुख झाले बताए । डोल्पाको खदाङ ,करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असार सम्मा सहज रुपमा यात्रा गर्न सकिनेसमेत उनको भनाइ थियो ।  

भेरी करिडोर अन्तरर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक तीन वर्ष अधि मात्र सरकारलाइ हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरण भएसँगै सडक डिभिजनले सडकको स्तरउन्नतीदेखि पुल निर्माणको काम थालेको थियो । 

पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडदेखि रिम्ना सम्माको १७ किलोमिटर कालोपत्रेको काम सुरु गरिएको थियो । यद्यपी कालोपत्रे गर्ने काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको साइट तीर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रेका लागि ठेक्का लगाउने कार्य सुरु भएको सडक डिभिजनका प्रमुख झाले बताए । 

जाजरकोट सदरमुकामको पासागाडदेखि रिम्ना सम्मको १७ किलोमिटर सडक कालोपत्रेको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुम पश्चिमका नगरम्रुख गोरखबहादुर केसीले लिएका छन् । उनले अहिलेसम्म कालोपत्रे सकिसक्नुपर्नेमा एक मिटर पनि भएको छैन ।  जाजरकोट डोल्पा सडकका लागि सरकारले ५१ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);