नाउलीगाडमा झाेलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नाउलीगाडमा झाेलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

बाजुरा । बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झाेलुंगे पुल निर्माण गरिएकाे छ । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।

बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने याे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ ।

पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएकाे हाे । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियाे ।

पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् । ९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);