हंङकङ र मकाउ जोड्ने ५५ किमिको पुल निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

हंङकङ र मकाउ जोड्ने ५५ किमिको पुल निर्माण सम्पन्न

pul

एजेन्सी, ६ कात्तिक । चीनको जुहाई शहर भएर हंङकङ र मकाउ जोड्ने विश्वको सबैभन्दा लामो समुद्रि पुल सडक यातायातका लागि बुधबारबाट सञ्चालनमा आउँदै छ । ९ वर्षमा निर्माण पुरा भएको सो पुलको लम्बाई ५५ किलोमिटर रहेको छ । सो पुलको चिनीयाँ राष्ट्रपति सिजीनपिङले उद्घाटन गरेका थिए ।

लामो समयको प्रतिक्षा पछि समुद्र माथि निर्माण गरिएको विश्वको सबैभन्दा लामो पुल २४ अक्टोबर अर्थात बुधबारबाट सञ्चालनमा आउँदै छ । चीनको जुहाई शहर भई हंगकङ र मकाउ जोड्ने सो पुलको लम्बाई ५५ किलोमिटर रहेको छ ।

पर्ल रिवर एस्चुरीको लिंगदिंग्यांग जल क्षेत्रमा निर्मित सो पुल निमार्णमा २० अर्ब डलर खर्च भएको बताइएको छ । सन् २००९ मा निर्माण सुरु भएको सो पुल निर्माण सम्पन्न गर्न ९ वर्ष लागेको छ ।

जबकी चिनियाँ सरकारी माध्यम सिन्हुआले ३१ डिसेम्बर २०१७ मै निर्माण सम्पन्न भएको दावि गरेको छ । पुलमा यात्र गर्न ६ दशमलब ७ किलोमिटर लामो सुरुङ पनि निर्माण गरिएको छ ।

पैदल यात्रुलाई निषेध गरिएको सो पुल भएर हंङकङबाट चीनको जुहाई शहर मोटरबाट पुग्न आधा घण्टा मात्र समय लाग्ने छ । यसअघि हंङकङ र जुहाई शहरको दुरी तय गर्न ३ घण्टा समय खर्च हुन्थ्यो ।

यो नयाँ पुलले हंङकङ र मकाउ गरि दक्षिण चीनको ११ शहरलाई जोडेपछि सर्वसाधारण लाभान्वित हुने बताइएको छ । यो पुलबाट करिब ७ करोड जनताको सडक यातायात सहज हुने चिनियाँ संञ्चार माध्यमले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);