हङकङ, झुहाई पुल सर्वसाधारणका लागि खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हङकङ, झुहाई पुल सर्वसाधारणका लागि खुला

pul

एजेन्सी , ७ कात्तिक । चीनले बनाएको विश्वकै लामो समुद्री पुल आजबाट सर्वसाधारणका लागि खुला भएको छ । हङकङ, झुहाई मकाउ नामको ५५ किलोमिटर लामो पुल आजवाट सर्वसाधारणका लागि खुला भएको हो ।

चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिएको चिनीया संचार माध्यमहरुले जनाएका छन । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत – जावत गर्ने अनुमान छ ।

यो पुल निर्माणमा १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन् । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);