बेलायतद्वारा हङकङ निवासीका लागि भिसा आवेदन खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बेलायतद्वारा हङकङ निवासीका लागि भिसा आवेदन खुला

एजेन्सी, १८ माघ । बेलायत सरकारले बेलायती नागरिक विदेश बी एन ओ मान्यता पाएका हङकङ निवासीहरुका लागि भिसा आवेदन आइतबारदेखि खुला गरेको छ । हङकङ छाड्न चाहनेहरुका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा आवेदन दिन थालेका छन् ।

आइतबारदेखि बिएनओ राहदानी भएका व्यक्ति र उनीहरुका आश्रितले भिसाका लागि अनलाइन आवेदन गर्न थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ । चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि बेलायतले हङकङमा रहेका पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो ।

बेलायतको यो कदमको चीनले विरोध गरेको छ । पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ । चीनले बिएनओ पासपोर्ट बाहक हङकङ निवासीलाई यसका आधारमा यात्रा अनुमति नदिने स्पष्ट गरेको छ । चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको आरोप समेत लगाएको छ ।

बेलायतले सन् १९ सय ९७ मा हङकङ चीनलाई हस्तान्तरण भएको ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने सहमति चीनले पालना नगरेको कारण यस्तो कदम उठाएको तर्क गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);