हङकङको चुनाव प्रणालीमा नियन्त्रण गर्ने चीनको योजनाको अमेरिकाद्वारा निन्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हङकङको चुनाव प्रणालीमा नियन्त्रण गर्ने चीनको योजनाको अमेरिकाद्वारा निन्दा

एजेन्सी, २२ फागुन। हङकङको चुनाव प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजनाको अमेरिकाले निन्दा गरेको छ ।

अमेरिकाले चुनाव प्रणाली नियन्त्रण गरेर चीनले हङकङको प्रजातन्त्रमाथि प्रहार गरेको भन्दै निन्दा गरेको हो । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङको चुनाव प्रणालीमा नियन्त्रण कायम गर्ने योजना सार्वजनिक गरेपछि अमेरिकाले त्यसको निन्दा गरेको हो ।

एनपिसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ ।

हङकङमा चीनले लागु गरेको कडा सुरक्षा कानुनको विरोध भइरहेको बेला चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी समेत दिएका छन्। यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् ।

चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);