हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

एजेन्सी । हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ । हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो । हङकङको विद्यायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए । 

मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले उम्मेदवारमाथिसमेत कडा निगरानी गरेको थियो । निर्वाचनले हङकङको प्रजातन्त्र समाप्त पारेको विभिन्न देशहरुले आरोप लगाएका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका विदेशमन्त्रीले चीनको नयाँ नियमले संसदमा अर्थपूर्ण राजनीतिक प्रतिद्वन्द्वीको सम्भावना अन्त्य गरिदिएको बताइएका छन् ।

त्यस्तै, जी७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन् । यसैबीच, चीनको बिरोध गर्ने देशको बेइजिङले भत्र्सना गरेको छ । हङकङको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै बेइजिङले भत्र्सना गरेको हो । अन्य देशहरुले हङकङको यर्थातलाई नजरअन्दाज गरेको चीनले आरोप लगाएको छ । मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै हङकङ मामिलामा अन्य देशले अनावश्यक चासो लिएको आरोप लगाएकाे छ । 
 

Leave a Reply

ताजा समाचार