हङकङका प्रजातन्त्रवादी सांसदहरुले दिए सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हङकङका प्रजातन्त्रवादी सांसदहरुले दिए सामूहिक राजीनामा

एजेन्सी, २७ कार्तिक । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हट्न बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

बुधबार बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेसँगै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएक छन् ।

सामूहिक राजीनामासँगै सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी आवाज बिहीन भएको हो । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।

हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);