हङकङमा ५० जनाभन्दाबढी प्रजातन्त्रवादी अभियन्ता तथा राजनीतिज्ञ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हङकङमा ५० जनाभन्दाबढी प्रजातन्त्रवादी अभियन्ता तथा राजनीतिज्ञ पक्राउ

एजेन्सी, २२ पुष । हङकङका झण्डै ५० जना प्रजातन्त्रवादी अभियन्ता तथा राजनीतिज्ञ पक्राउ परेका छन् । चीनले सुरक्षा कानून लागु गरेपछि बुधबार पहिलो पटक यति ठूलो संख्यामा अभियन्ता तथा राजनीतिज्ञ पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मीले बन्दी बनाइएका प्रजातन्त्रवादी अभियन्ता जोशुवा वाङको घरमा पनि खानतलासी गरेको बताइएको छ । सुरक्षाकर्मीले पछिल्लो पटक भएका गतिविधिबारे औपचारिक रुपमा जानकारी दिन बाँकी छ ।

हङकङमा गएको जुनमा चीनले लागु गरेको नयाँ सुरक्षा कानून अन्तर्गत सुरक्षाकर्मीले अधिकारकर्मी तथा राजनीतिज्ञलाई पक्राउ गरेको डेमोक्र्याटिक पार्टीले दावी गरेको छ ।

पक्राउ पर्नेमा डेमोक्र्याटिक पार्टी र सिभिक पार्टीका नेताहरु जेम्स तो, लामा चक तिङ, लेस्टर शुम सहितका स्थापित विपक्षी अधिकारकर्मी तथा नेताहरु छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);