राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकद्वारा अमेरिकी संसद भवनमा आक्रमण

एजेन्सी, २३ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । गत नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीकार गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पारेपछि संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा एक जना मारिएको पनि बीबीसीले जनाएको छ ।

संसद सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जत्थाले संसद भवन परिसरमा प्रदर्शन र आक्रमण थालेका थिए ।

ट्रम्पका समर्थकहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे । ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);