ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि सिनेटमा हुने सुनुवाई धकेलियो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि सिनेटमा हुने सुनुवाई धकेलियो

एजेन्सी, १० माघ । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आगामी हप्ता लाग्ने भएको छ ।संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगको सो प्रस्तावको निर्णय प्रक्रिया आगामी हप्ता टुंगो लाग्ने भएको हो ।

केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि उहाँविरुद्ध महाअयभियोगको प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको थियो । संसदको तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरेर माथिल्लो सदनमा पेश भएको छ ।

चुनावी परिणामलाई लिएर हिंसा मच्चाएको भन्दै ट्रम्पविरुद्ध आफ्नै दलका सांसदहरुले समेत महाअभियोग लगाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । राष्ट्रपति ट्रम्पको कार्यकाल सकिएपनि माथिल्लो सदनमा प्रस्तावको टुंगो लगाउने छ ।

संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरे राष्ट्रपति ट्रम्पले आगामी कार्यकालका लागि निर्वाचनमा सहभागी हुन पाउनुहुने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);