ट्रम्पमाथि लागेको महाभियोगका सम्बन्धमा माथिल्लो सदनमा सुनुवाई सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पमाथि लागेको महाभियोगका सम्बन्धमा माथिल्लो सदनमा सुनुवाई सुरु

एजेन्सी, २७ माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उहाँमाथि लागेको महाभियोगको बचाउ गरेका छन् । ट्रम्पमाथि लागेको महाभियोगमाथि माथिल्लो सदन सिनेटमा सुरु भएको सुनुवाईका क्रममा उहाँका वकिलहरुले आरोपको बचाउ गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गत जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि महाअभियोग झेलेका ट्रम्पको बचाउनमा वकिलहरूले क्यापिटल हिलमा भएको उक्त आक्रमणमा उहाँँको कुनै संलग्नता वा भूमिका नरहेको दाबी गरेका छन् । संसद भवनमा आक्रमण गर्ने समर्थकहरु ट्रम्पको उक्साहटले नभइ आफ्नै विवेकले सहभागी भएको दाबी वकिलहरुले गरेका छन् ।

ट्रम्पमाथि लागेको महाभियोगमाथि माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई सुरु भएको हो । ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको आरोप छ । ट्रम्पले भने महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने अडान राखीरहनु भएको छ ।

गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित भएको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);