अमेरिकी माथिल्लो सदन सिनेटबाट पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अमेरिकी माथिल्लो सदन सिनेटबाट पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती

एजेन्सी, २८ माघ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई अघि बढाउन स्विकृती दिएको छ । सिनेटमा भएको मतदानमा सुनुवाई अघि बढाउने पक्षमा ५६ र विपक्षमा ४४ मत परेपछि ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई अघि बढ्ने भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मतदानमा ६ जना रिपब्लीकन सांसदहरुले ट्रम्पको विपक्षमा मत दिएका छन् । पूर्व राष्ट्रपतिले पद छाडिसकेको अवस्थामा सुनुवाईको आवश्यकता नभएको तर्क ट्रम्पका वकिलहरुले गरेका थिए । तर सिनेटले महाअभियोग प्रक्रियालाई संवैधानिक मान्दै सुनुवाई अघि बढाउन म्यान्डेट दिएको हो । अब महाअभियोगको मामिलामा पूर्ण इजलास सुरु हुने बताईएको छ ।

गत जनवरी ६ तारिखमा अमेरिकी संसद् भवनमाथि समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो । ट्रम्पमाथि आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साएको आरोप छ । यसअघि महाभियोगकाथि सुनुवाइ सुरुभएलगत्तै पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले महाअभियोगको बचाउ गरेका थिए ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);