अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

एजेन्सी, ११ कार्तिक । अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम पारित गरेको छ ।

अति तीव्र गतिमा भएको सुनुवाई प्रक्रियापछि माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् ।

सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटर न्यायाधीश कोनीको पक्षमा पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको छ । एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटको पक्षमा मतदान गरेका थिए ।

४८ वर्षीया ब्यारेटलाई ह्वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण समेत गराइ सक्नुभएको छ । एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६÷३ को बहुमत भएको छ । माथिल्लो सदनले एमीको नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिनुभएको छ ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);