राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको राहत प्याकेज सिनेटद्धारा पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको राहत प्याकेज सिनेटद्धारा पारित

एजेन्सी, २३ फागुन । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई अमेरिकाको माथिल्लो सदन सिनेटले पारित गरेको छ।

बाइडेनले कोरोना महामारीका कारण जिविकामा समस्या भएकाहरुलाई सहयोग गर्ने उद्देश्यले ल्याएको यो राहत प्याकेजसम्बन्धी विधेयकका लागि सिनेटलाई प्रमुख अवरोध मानिएको थियो । तर शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो।

यद्यपी बाइडेनको यो प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित हुन बाँकी छ । तल्लो सदनमा डेमेक्रोटिकहरूको बहुमत भएकाले प्रस्ताव सजिलै पारित हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । तल्लो सदनमा मंगलबार मतदान हुन सक्ने बताइएको छ।

माथिल्लो सदनमा भने डेमोक्रेटिक पार्टीका ५० सिनेटरले राहत प्याकेजसम्बन्धी विधेयकको पक्षमा भोट हाले भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हाले। १ जना रिपब्लिकन सिनेटर अनुपस्थित थिए। मत बराबर भएको खण्डमा अमेरिकामा उपराष्ट्रपतिले निर्णायक मत हाल्न पाउने व्यवस्था छ।

बाइडेनको यो राहत प्याकेजअन्तर्गत सरकारले कोरोनाका कारण रोजगारविहीन अमेरिकीहरूको खातामा हप्ताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);