भारतमा शरण लिन पुगेका आफ्ना देशका सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउन भारतलाई म्यानमारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा शरण लिन पुगेका आफ्ना देशका सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउन भारतलाई म्यानमारको आग्रह

एजेन्सी, २३ फागुन। म्यानमारले भारतमा शरण लिन पुगेका आफ्ना देशका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ ।

दुई मुलुकबीचको सम्बन्ध बनाइ राख्न भन्दै भारतमा शरण लिन पुगेका आफ्ना सुरक्षाकर्मी फिर्ता गर्न म्यानमारले आग्रह गरेको हो ।

प्रहरी फिर्ता गरिदिन भन्दै बर्मेली सैन्य सरकारले भारतलाई पत्र नै लेखेको छ । सो पत्रमा दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न प्रहरीहरूलाई फिर्ता गर्नुपर्ने उल्लेख छ । बर्मेली सेनाले देशका ८ जना प्रहरीहरू भागेर भारत पुगेको दाबी गरेको छ । ती प्रहरीहरूलाई हिरासतमा लिन र आफूहरूलाई सुम्पन म्यानमारले आग्रह गरेको हो ।

भारतीय राज्य मिजोरमस्थित जम्पई जिल्लाका वरिष्ठ डेप्युटी कमिश्नर मारिया सिटी जुआलीले म्यानमारको फालाम जिल्लाका आफ्ना समकक्षीको पत्र प्राप्त भएको जानकारी दिएपनि आधिकारीक रुपमा कुनै निर्णय नगरिएको जनाएका छन् ।

सेनाले कू गरेपछि आदेश अवज्ञा गर्दै म्यानमारबाट प्रहरीहरू भारततर्फ भागेका थिए । ती बर्मेली प्रहरीहरू शरण माग्दै सीमावर्ती क्षेत्रमा बसिरहेका छन् । यता म्यानमारका सैन्य ‘कू’ को विरोध जारी प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा थप प्रदर्शनकारी घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);