सैन्य सरकारले राष्ट्र संघका लागि म्यानमारका राजदुत बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सैन्य सरकारले राष्ट्र संघका लागि म्यानमारका राजदुत बर्खास्त


एजेन्सी, फागुन १६।
म्यानमारको सैनिक सरकारले संयुक्त राष्ट्र संघका लागि म्यानमारका राजदूतलाई बर्खास्त गरेको छ ।


म्यानमारले संयुक्त राष्ट्र सघंका लागि आफ्ना राजदुत क्याव मोइ तुनलाई देशलाई धोका दिएको आरोपमा बर्खास्त गरेको हो । फेब्रअरी १ को सैन्य कू फिर्ता गर्न राजदूत तुनले अरू राष्ट्रहरूलाई आवश्यक सबै माध्यम अपनाउन आग्रह गरेका थिए । तुनले शुक्रबार राष्ट्र संघमा बोल्दै आफू आङ सान सुचीको सरकारको दूतका हैसियतमा उपस्थित भएको बताउँदै असंवैधानिक कू हटाउन सहयोग मागेका थिए ।


देशलाई धोका दिएकाले तुनलाई हटाइएको भन्दै म्यानमारको सरकारी टेलिभिजनले शनिबार जानकारी दिएको थियो । यता, तुनले भने बर्खास्तीमा परेपछि आफु सकेसमम जुन्ता सरकारविरद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिलेसम्म राष्ट्र संघले म्यानमारको सैनिक सरकारलाई मान्यता दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);