म्यानमारलाई हतियार नबेच्न संयुक्त राष्ट्रसंघको दुर्लभ अपिल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

म्यानमारलाई हतियार नबेच्न संयुक्त राष्ट्रसंघको दुर्लभ अपिल

एजेन्सी । संयुक्त राष्ट्र संघले म्यानमारलाई हतियार बिक्री नगर्न अपिल गरेको छ । गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर सैन्य कू गरी हिंसात्मक दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो दुर्लभ अपिल गरेको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारका सैनिक शासक जुन्टाको निन्दा गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रसंघले नेतृ आङ साङ सुकी सहित सबै राजनीतिक बन्दीहरुको रिहाई गर्न समेत माग गरेको छ ।

सैन्य कू को विरोधमा म्यानमारका जनताहरु शान्तिपूर्ण प्रदर्शनका लागि सडक उत्रिएका थिए । प्रदर्शनमा सेनाको क्रुर दमनका कारण बालबालिकासहित सयौं प्रदर्शनकारीले ज्यान गुमाएका थिए ।

संयुक्त राष्ट्रसंघले पारित गरेको निन्दा सम्बन्धी प्रस्ताव कानूनी रुपमा बाध्यकारी नभए पनि राजनीतिक रुपमा भने महत्वपूर्ण मानिन्छ ।

म्यानमारका लागि संयुक्त राष्ट्र संघीय विशेष दूत क्रिष्टिन श्रेनर बर्गनरले म्यानमारमा विस्तारित गृह युद्ध वास्तविक भएको बताएका छन् । साथै उनले म्यानमारको सैन्य कू लाई उल्ट्याउने सम्भावना पनि निकै कम हुँदै गएको बताए ।

निन्दासम्बन्धी प्रस्तावको पक्षमा एक सय १९ मुलुकहरुले समर्थन गरेका छन् भने बेलारुसले भने त्यसको विपक्षमा मत दियो भने ३६ मुलुकहरु अनुपस्थित थिए । म्यानमारलाई हतियार बिक्री गर्ने दुई ठूला मुलुक चीन र रुसपनि अनुपस्थित थियो ।

अनुपस्थित भएका केही मुलुकहरुले सैन्य कू म्यानमारको आन्तरिक मामिला रहेका बताएका छन् भने कतिले प्रस्तावमा चार वर्ष अघि रोहिंग्या समुदायमाथि भएका ज्यादतीको विषयलाई सम्बोधन नगरिएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);