म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा ३८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा ३८ जनाको मृत्यु

एजेन्सी, २० फागुन। म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा ३८ जनाले ज्यान गुमाएका छन् ।

निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध बुधबार प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जनाले ज्यान गुमाएका हुन् । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षा फौजले गरेको दमनमा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताइएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् ।

यसैबीच प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघ म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरल निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेका छन् ।

म्यानमारमा हालसम्म कम्तीमा ५० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा सडकमा नागरिकको प्रदर्शन आजपनि जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);