बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदाको जेल सजायमाथी पुनर्विचार हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदाको जेल सजायमाथी पुनर्विचार हुने

एजेन्सी, २० फागुन । बंगलादेश नेशनल पार्टीकी अध्यक्ष तथा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको जेल सजायमाथी त्यहाँको सरकारले पुनर्विचार गर्ने भएको छ । ७२ वर्षीया बंगाली नेतृ जियालाई गत मार्च २०१८ बाट भ्रष्टाचारसँग सम्बन्धित दुई मुद्दामा अदालतले १७ वर्षको जेल सजाय तोकेको थियो ।

पछिल्लो समय जियाको स्वास्थ्य अवस्था बिग्रेका कारण गत बर्ष २०२० को मार्चमा जियालाई घरबाट बाहिर ननिस्कने शर्तमा ६ महिनाका लागि जेलमुक्त गरेको थियो । ६ महिना अवधी सकिए लगत्तै गत सेप्टेम्बरमा घरै बस्ने छुटको अवधि थपिएको थियो ।

बंगलादेशी अखवारहरुले उल्लेख गरे अनुसार, बंगलादेशका गृहमन्त्री असदुज्जमां खान कमालले सरकारले जियाको सजाय माफ गरेर उनलाई मुक्त गर्ने बिषयमा कानुन मन्त्रालयसँग छलफल सुरु भएको बताएका छन् ।

गृहमन्त्री कमालले, सरकारले खालिदा जिया र उनको परिवारका तर्फबाट रिहाईका सम्बन्धमा सरकारले पत्र प्राप्त गरेको र त्यो पत्र सरकारले अध्ययनका लागि कानुन मन्त्रालयमा पठाईएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);