दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले आत्मसमर्पण गरेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति जुमाले प्रहरी समक्ष आत्मसमपर्ण गरेका हुन् । सजाय काट्नका लागि जुमा क्वाजुलु–नाताल प्रान्त स्थित आफ्नो घर नजिकैको प्रहरी समय गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले बुधबार अबेरसम्म आत्मसमर्पण नगरेमा ७९ वर्षका जुमालाई पक्राउ गर्न आफूहरु तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उहाँलार्ई गत हप्ता १५ महिनाको जेल सजाय भएको थियो ।

दक्षिण इफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो । उहाँ ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण प्रदान गर्न दिएको आदेश जुमाले इकार गर्दै आएका थिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);