सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस

सिरहा। आउदो मसिंर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी सिरहा क्षेत्र नम्बर १को प्रतिनिधि सभा सदस्यमा प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिफारिस गरेको छ । एमालेले यो क्षेत्रबाट प्रहरीको हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका रामशंकर यादवलाई प्रतिनिधि सभाकालागि एकल उमेदवारको रुपमा नाम सिफारिस गरेको हो । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ । उनी पार्टीका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् । प्रहरी जवानको हत्या गरेको भन्दै सिरहा जिल्ला अदालतले उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका उनलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो । तर, उनलाई २०७६ सालमा मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् । उनलाई संविधान दिवसको अवसरमा आम माफी दिएको थियो ।

यस्तो थियो घटना ?      

यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुबाहक बसको बिषयलाई लिएर विवाद भएको थियो । विवाद भएपछि हातहतियारसहित आएका रामशंकर यादवका समूहले गोली चलाएका थिए । त्यस क्रममा सुरक्षार्थ खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर ज्यान गएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै सिरहा जिल्ला अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा ६ माघ २०६१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।अदातलको फैसलापछि फरार रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महारागञ्जबाट खटिएको टोलीले ३ पुस २०६९ मा काठमाडौंको काँडाघारीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा बुझाउँदा फैसला कार्यान्वयनका लागि जेल चलान गरिएको थियो ।

२०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका उनी त्यसपछि राजनीतिमा आएका छन् ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता फौजदारी मुदा लागेका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ । ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ ।यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आममाफी पाएको ६ वर्ष पुगेको छैन । एमाले सिरहाका सचिव उग्रनारायण यादवले मन्त्रीपरिषद् निर्णयको आधारमा राष्ट्रपतिले आम माफी दिएपछि उम्मेदवार बनाइएको बताए । ‘राजनीतिक मुद्दा भनेर ती मुद्दा खारेज गर्दै आम माफी दिएपछि उम्मेदवारमा सिफारिस गरिएको यादवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);