अनशनरत भारतीलाई माउन्टेन टेलिभिजनको भ्यानले सर्वोच्च पुराएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अनशनरत भारतीलाई माउन्टेन टेलिभिजनको भ्यानले सर्वोच्च पुराएपछि…

काठमाडौं, १८ असोज । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएपछि सो निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धर बिहीबारदेखि अनशन सुरु गरेकी छिन् । रिगलको कैद सजाय मिनाहाविरुद्धको रिट निवदेनको आज पेशी तोकिएको छ ।

माइतीघर मण्डलामा अनशनमा बसेकी भारती हिडेर जान नसकेपछि उनलाई माउन्टेन टेलिभिजन एचडीको भ्यानले सर्वोच्च अदालतसम्म पुराइदिएको छ । उनलाई अदालतबाट पुनः माइतीघरमा पनि टेलिभिजनकै भ्यानले ल्याइदिएर सहयोग गरेको चालक राजेन्द्र गिरीले बताए । आफ्ना पति चेतनको न्यायको लागि उनले दिएको रिट निवदेन न्यायाधीश मनोजकुमार शर्माको एक इजलासमा सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो ।

चेतनको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।  रिगललाई सरकारले दिएको कैद मिनाहा खारेज गरी जेलमै राख्नुपर्ने भारतीको माग छ । न्याय नपाएसम्म अनशन नताड्ने र घर नर्फकने भारतीले पत्रकारसँग बताएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);