एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेनः कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेनः कप्तान पौडेल

काठमाडौं, १८ असोज । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताउनु भयो । उहाँले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताउनु भयो । उहाँले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताउनु भयो । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताउनु भयो । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताउनु भयो ।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताउनु भयो । उहाँले अहिले टिम एकजुट भएर खेलिरहेको बताउनु भयो । अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताउनु भयो । एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);