एसिया कप नेपालका लागि एक्सपोजर हो, जहाँ भएपनि हुनुपर्छः कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एसिया कप नेपालका लागि एक्सपोजर हो, जहाँ भएपनि हुनुपर्छः कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताउनु भएको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बलिया टोलीबिरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताउनु भयो । एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भुमिका तारिफयोग्य रहेको समेत बताउनु भयो ।

प्रशिक्षको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताउनु भयो ।

अहिले एशिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एशिया कप हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);