क्यानडासँग राम्रो क्रिकेट खेल्छौं–कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

क्यानडासँग राम्रो क्रिकेट खेल्छौं–कप्तान पौडेल

काठमाडौं,२५ माघ । नेपालले क्यानडासँग बिहीवारदेखि शुरु हुने एकदिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप खेल्न लागेको श्रृंखलामा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेको छ । नेपालले क्यानडासँग तीन खेलको श्रृंखला खेल्दैछ । सो श्रृंखलाको पहिलो खेल बिहीवारदेखि शुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अधिकांशले प्रधानमन्त्री कप खेलेकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले पनि योजनाअनुरूप काम गरेको बताउनु भयो । उनले प्रधानमन्त्री सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट पनि रहेकाले राम्रो क्रिकेट खेल्ने बताउनु भयो ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार खेल्नेछ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिष्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको बताउनु भयो । केही नयाँ खेलाडी पनि रहे पनि उनीहरू दुई दिनभित्र ह्याप्पी ड्रेसिङ रुममा राम्रोसँग श्रृंखलाका लागि तयार रहेको बताउनु भयो । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को शुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपालल आएको हो ।

यद्यपि, क्यानडामा अधिकांश नयाँ टोली छन् । क्यानडाका कप्तान साद बिन जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राख्नुभयो । केही अनुभवी खेलाडी चोटका कारण टोलीसँग बाहिर रहेको उल्लेख गर्दै अहिले टोलीमा ६ नयाँ खेलाडी समावेश भएको बताउनु भयो । अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको उहाँको भनाइ छ । क्यानडाका प्रशिक्षक दसानायकेले एक दशक अगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा राख्नुभयो ।

अहिले राम्रो टोली रहेकोले नै आइसिसी विश्वकप लिग–२ को सर्कलमा परेको धारणा राख्दै युएई जानुअघि आफ्नो टोलीलले राम्रो तयारी गर्ने बताउनु भयो । उनले नेपालसँग क्यानडाले धेरैभन्दा धेरै क्रिकेट खेल्ने राम्रो सम्बन्ध स्थापना गर्ने पनि धारणा राख्नुभयो । पुबुदुले पछिल्ला समय नेपाली क्रिकेटले धेरै प्रगति गरिरहेको र ती सबै खेल आफूले हेरेको पनि उल्लेख गर्नुभयो । नेपालसँग आफ्नो छट्ुटै सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा जुनसुकै जिम्मेवारीमा रहेर फर्किंदा खुसी लाग्ने धारणा राख्नु भयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितले क्यानडासँग खेलका लागि केही नयाँ खेलाडीका लागि अवसर हुने धारणा रख्नुभयो । क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन् । यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि कप्तान देव र आकाश चन्दले टोलीमा अवसर पाएका हुन् । पवन सर्राफ, सूर्य तामाङ, अनिल साहले प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि क्यानडासँगको श्रृंखलामा अवसर पाएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);