सबै जना उत्साहित छौं, भारत र पाकिस्तानबिरुद्ध राम्रो क्रिकेट खेल्छौंः कप्तान रोहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सबै जना उत्साहित छौं, भारत र पाकिस्तानबिरुद्ध राम्रो क्रिकेट खेल्छौंः कप्तान रोहित

काठमाडौं । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रबिरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एशिया कपको यात्रा शुरु हुनु अगाडि मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानबिरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गर्नुभएको हो । आगामी अगस्ट ३० मा पाकिस्तानबिरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यु पनि गर्दैछ । सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली मंगलवार पाकिस्तान प्रस्थान गर्दैछ ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताउनु भयो । भारत र पाकिस्तानबिरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूबिरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उहाँले बताउनु भयो ।

पछिल्ला समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एशिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्व सबैमाझ स्पष्ट रहेको धारणा राख्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);