नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रमिक माथिको शोषण झनै बढीरहेको स्पष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रमिक माथिको शोषण झनै बढीरहेको स्पष्ट गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले श्रम ऐन, २०७४ को दफा १० बमोजिमको रोजगार सम्झौता गर्दा समेत नियमित रोजगार सम्झौता गर्नुपर्नेलाई समयगत, कार्यगत गरी श्रमीकलाई मनोवैज्ञानिक रुपमा अनिश्चितता उत्पन्न गराउने, नियमित रोजगार सम्झौता गरी काममा लगाउने श्रमीकलाई तालिम र प्रशिक्षार्थी श्रमिकको रुपमा पारिश्रमीक र सुविधा समेतबाट वञ्चित गर्ने क्रम बढेको स्पष्ट गरेको हो ।

महासंघका अध्यक्ष विनोद श्रेष्ठले श्रम कार्यालयलाई श्रम निरीक्षण गर्ने र हरेक वर्ष पुस मसान्तसम्ममा रोजगारदातालाई श्रम अडिट प्रतिवेदन पेश गर्न लगाउने अधिकार भएपनि श्रम तथा रोजगार कार्यालय, श्रम तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग उदासिन बनेको आरोप लगाउनु भयो ।

उहाँले श्रम ऐनअनुसार बनाउनुपर्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, प्रतिष्ठानको आन्तरिक व्यवस्थासँग सम्बन्धित विनियमावली बनाउने प्रतिष्ठान अत्यन्त न्युन संख्यामा रहेको उल्लेख गर्नुभयो । रोजगारदाताले काममा दैनिक ८ घण्टाको साटो १२ घण्टा लगाउने क्रम बढेको , श्रमिकका लागि सञ्चयकोष, सामाजिक सुरक्षा कोषको व्यवस्था नगरेको बताउनु भयो ।

उहाँले श्रम ऐनको पूर्ण कायान्वयनका लागि राज्य अझबढी क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);