४४ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काम | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

४४ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काम

gefort

काठमाडौं, १७ बैशाख । नेपालमा ४४ दशमलव ७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको छ ।

नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट)ले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाएको हो । जिफन्तले मे दिवसको अवसर पारेर ५९ वटा उद्योग÷प्रतिष्ठानहरुमा गरेको सर्वेक्षणमा ६१ प्रतिशत श्रमिकहरु नियमित रोजगारीमा रहेको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सरकारले बाल श्रम निर्मुल गर्ने लक्ष्य लिएको भएपनि अझै पनि ठूला भनिएका औद्योगिक प्रतिष्ठानहरुमा ३ दशमलव ३९ प्रतिशत बालश्रमिकहरु रहेको पनि सो सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षणमा श्रम ऐनले तोकेको भन्दा बढि काम गर्न बाध्य पार्नेहरुको संख्या पनि उल्लेख्य रहेको देखाएको छ । श्रम ऐन, २०७४ ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढि समय काममा लगाउन नपाउने व्यवस्था गरिएको छ । त्यसैगरी नियम अनुसार विदा नदिने औद्योगिक प्रतिष्ठानहरु पनि ४२ दशमलव ३७ प्रतिशत रहेको पाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । औद्योगिक श्रमिक प्रतिष्ठानहरुले श्रमिकहरुलाई न्यूनतम पारिश्रमिक नदिएको पनि जिफन्टको सो सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।