युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने मन्त्री श्रेष्ठको वचन

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् ।

छैटाैँ श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज युएईले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तपाईँहरु पाखुरामा बल भइञ्जेल विदेशमा काम गर्नुहुन्छ ।  बल सकिएपछि नेपाल फर्कदा केही पनि हुँदैन ।

नेपालमा अहिले सामाजिक सुरक्षा कोष लागू भएको छ । यहाँ जुन कम्पनीमा काम गर्नुहुन्छ त्यहीबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेगरी अगाडी बढाउनेछु ।’ 


उनले युएईमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक लागु गरिदिन आग्रह गरेको बताए । विदेशमा सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले सुनाए ।

आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने मन्त्री श्रेष्ठले बताए । ‘वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने वित्तिकै मन्त्रालयमा २४ सैँ घण्टा गुनासो सुनेर भोलिपल्ट विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु’, उनले आश्वस्त पारे । 

दुबईमा कन्सुलरको कार्यालय खोल्न पहल थाल्ने मन्त्री श्रेष्ठको भनाइ छ । गृहजिल्लाबाट रोजगारीको शिलशिलामा युएई पुगेकालाई उनले तनहुँको प्रतिष्ठा उचो पार्नेगरी काम गर्ने दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);