लिबियाको तटीय क्षेत्रमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

लिबियाको तटीय क्षेत्रमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी

युक्रेनले लिबियाको तटीय क्षेत्रमा रुसी नौसेनाको युद्धपोत डुबाएको दाबी गरेको छ ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत रुसी नौसेनाको ‘मक्र्युरी’ नामक युद्धपोत युक्रेनी सेनाले आक्रमण गरी डुबाएको जानकारी दिनुभएको हो । जेलेन्स्कीकाअनुसार उक्त युद्धपोत रुसका नयाँ युद्धपोतहरूमध्ये एक हो । सन् २०२३ मा मात्रै रुसी नौसेनामा समावेश गरिएको उक्त युद्धपोतलाई युक्रेनले सातवटा युक्रेनमै निर्मित समुन्द्री ड्रोन प्रयोग गरी निशाना बनाएको उहाँले बताउनुभएको छ । आक्रमणका क्रममा रुसी सेनाको केए–२७ लडाकु हेलिकप्टर पनि ध्वस्त पारिएको तथा हतियार ढुवानीमा प्रयोग हुँदै आएको एमभी अंगारा नामक मालवाहक पानीजहाजमा समेत क्षति पु¥याइएको जेलेन्स्कीको दाबी छ । उक्त सैन्य कारबाही युक्रेनको सुरक्षा सेवाले देशका रक्षा बलहरूसँगको समन्वयमा सञ्चालन गरेको उहाँले उल्लेख गर्नुभएको छ । यद्यपि, आक्रमणबाट भएको क्षति र रुसी युद्धपोत पूर्ण रूपमा डुबेको विषयमा रुसको आधिकारिक प्रतिक्रिया वा स्वतन्त्र पुष्टि उपलब्ध विवरणमा उल्लेख छैन ।

Leave a Reply