भारत–नेपालबीच नयाँ सीधा रेल सेवा उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

भारत–नेपालबीच नयाँ सीधा रेल सेवा उद्घाटन

अयोध्या–जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ सञ्चालनमा आउने
भारत र नेपालबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ अन्तरदेशीय सीधा रेल सेवा उद्घाटन गरिएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । साप्ताहिक रूपमा सञ्चालन हुने उक्त रेल सेवाले भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी अयोध्या र नेपालको जनकपुरधामलाई सिधा जोड्नेछ । रेल सेवाको व्यावसायिक सञ्चालन भने यही महिनाको अन्त्यदेखि शुरु हुने जनाइएको छ । अधिकारीहरूकाअनुसार उक्त रेलले करिव ६०० किलोमिटरभन्दा बढी दूरी झन्डै १९ घण्टामा पार गर्नेछ । यात्राका क्रममा रेलले बीचमा करिव १० वटा स्थानमा रोक्नेछ । यसैगरी, दुवै प्रधानमन्त्रीले भारतको उत्तराखण्ड र नेपालको सीमावर्ती क्षेत्र धार्चुलामा निर्माण गरिएको सडक पुलको पनि भर्चुअल उद्घाटन गर्नुभएको छ । भारतको उत्तराखण्डस्थित बनबासा क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणका लागि दुवै नेताले संयुक्त रूपमा शिलान्याससमेत गर्नुभएको छ । प्रधानमन्त्री साह दुईदिने राजकीय भ्रमणका लागि आईतवार भारत पुग्नुभएको थियो ।

अघिल्लो समाचार

Leave a Reply