जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणको सन्दर्भमा शुक्रवार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्या धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच धार्मिक सम्बन्ध ऐतिहासिक रहेकाले दुई धार्मिक सहरलाई रेल सेवामार्फत जोड्नु महत्वपूर्ण हुने बताउनु भयो । जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ठोस पहल हुनुपर्ने उहाँको भनाइ छ । निधीले रेल सेवासँगै जनकपुर र अयोध्याबीच हवाई सेवा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर हवाई सेवा सञ्चालनका लागि तयार रहेको उल्लेख गर्दै उहाँले यस विषयमा पनि भारतीय पक्षसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

भारत भ्रमणका क्रममा सीमा व्यवस्थापन, यातायात, आर्थिक विकास तथा द्विपक्षीय सम्झौताका विषयलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री शाहको भ्रमणले नेपाल र भारतबीचको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी सहकार्यलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गर्नुभयो । मधेस प्रदेशकै महोत्तरी क्षेत्रसँग सम्बन्धित प्रधानमन्त्री साहको भारत भ्रमण सफल होस् भन्ने कामना गर्दै निधिले जनकपुरधामको धार्मिक, सांस्कृतिक र आर्थिक महत्वलाई भारतसँगको सम्बन्धमा उपयोग गर्नुपर्ने बताउनु भयो । निधीले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको तयारीबारे जानकारी दिँदै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताउनु भयो । महाधिवेशनअघि सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार