अझै संचालनमा आएन जनकपुर – जयनगर रेलसेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अझै संचालनमा आएन जनकपुर – जयनगर रेलसेवा

जनकपुर, ३० माघ । जनकपुर—जयनगर रेल सेवा सञ्चालनमा आउने समाचारले धनुषाका स्थानीयहरु निक्कै उत्साहित भएका थिए । तर रेल कहिले संचालमा आउने हो भन्नेमा स्थानीहरु अन्योलमा छन् । रेलको पूर्वाधार निर्माणको कार्य पुरा भएको वर्षदिन भन्दा बढी भएपनि रेल सञ्चालनमा नआएकाले स्थानीय निराश बनेका छन् ।

जनकपुर—जयनगर रेल सेवा सञ्चालनका लागि केही महिना अघि दुईवटा इन्जिन सहित ब्रोडग्रेज रेल परीक्षणका लागि भारतबाट जनकपुरधाम आउँदा हजारौँको संख्यामा स्थानीयहरुको घुइँचो लागेको थियो । उनीहरुमा अब रेल सेवा सञ्चालनमा आउला कि भन्ने आशा पलाएको थियो । तर महिनौ बित्दा पनि रेल सञ्चालनमा नआएसँगै उनीहरु निराश बनेका हुन् । फागुनको पहिलो सातादेखि नै रेल सेवा सञ्चालनमा आउने बताईएको छ । तर यसपटक पनि सञ्चालनमा आउने हो या होइन भन्नेमा स्थानीय सर्वसाधारण अन्योलमा छन् । जनकपुर—जयनगर रेल सञ्चालनमा आउन नसक्दा सबैभन्दा बढी घाटा यहाँका व्यापारी तथा यात्रुहरुलाई परेको नेपाल चेम्बर अफ कमर्स धनुषाले जनाएको छ ।

रेल गुड्ने हल्ला पटक—पटक फैलिएपनि नियमित सञ्चालनमा आउन नसकेको कारण फागुन पहिलो साताबाट रेल सेवा सञ्चालन हुनेमा स्थानीय विश्वस्त हुन सकेका छैनन् । रेल सञ्चालनमा आएपछि विदेशी पाहुनाहरु बढ्ने र यसले गर्दा व्यवसाय समेत बढ्ने उनीहरुको आशा छ ।

यता नेकपा ओली पक्षका राष्ट्रिय युवा संघका सदस्य जानी खाँनले फागुनको पहिलो सातादेखि नै जनकपुर—जयनगर रेल सेवा सञ्चालनमा आउने ठोकुवा गर्नु भएको छ । यस्तै जसरी पनि रेल सञ्चालनमा आउने प्रदेश २ का प्रदेश सभा सदस्य रामअशिष यादवको दावी छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनकालागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सय देखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);