ब्रेक फेल भएर ट्रक पल्टिँदा सहचालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ब्रेक फेल भएर ट्रक पल्टिँदा सहचालकको मृत्यु

बसन्त बान्तवा

सुनसरी, ३० माघ । कोशी राजमार्गस्थित सुनसरीको धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिँदा सहचालकको मृत्यु भएको छ । आज बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक ब्रेक फेल भएर पल्टिँदा सहचालकको मृत्यु भएको हो ।

सहचालक ३० बर्षीय विशाल खड्का ट्रकले चेपिएर मृत्यु भएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार ट्रकले च्यापिएको अवस्थामा रहेका मृतक खड्काको शवलाई धरान प्रहरीको टोली घटनास्थलमा पुगेर निकालेको थियो ।

ब्रेक फेल भएको ट्रक सडकबाट भिरतिर खसेर रुखमा अड्केको प्रहरीले जनाएको छ१ ट्रक चालक मोरंगको सुन्दरहरैचा ११ का २४ बर्षीय सनिल कुमार भगत ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);