थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ जनाको मृत्यु, ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ जनाको मृत्यु, ५ जना घाइते

thailand accident

एजेन्सी, १३ असोज । थाइल्याण्डको राजधानी बैंककमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । सडकको मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटना हुँदा अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको मृत्यु भएको हो ।

आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी अधिकृतहरुले बताएका छन् । दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);